कञ्चनपुरमा लागु औषधका तस्करदेखि फरार अभियुक्त पक्राउ

२४ वैशाख धनगढी
कञ्चनपुरमा एकैदिन प्रहरीले लागु औषधका तस्करदेखि विभिन्न मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न स्थानबाट लागु औषधका तस्करदेखि विभिन्न मुद्दामा फरार अभियुक्त पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले लागु औषध सहित विभिन्न स्थानबाट लागु औषधका तस्करदेखि विभिन्न मुद्दामा फरार अभियुक्त पक्राउ गरिएको बताए ।

प्रवक्ता जोशीका अनुसार खैरो हिरोईन सहित शुक्लाफाँटा नगरपालिका ३का भुवन सिह, भीमदत्त नगरपालिका ५मा बिक्रम सिह साउदलाई पक्राउ गरिएको छ ।

कुटपिट मुद्दामा २ महिना कैद ३० हजार जरिवाना तोकिएका बेलडाँडी ३ खैरिघाटका गणेश राज पौडेल र जग्गा अतिक्रमण मुद्दामा ३ हजार जरिवाना ठहर भएकी बेदकोट ७की भागरथी विष्टलाई पक्राउ गरिएको छ ।

कञ्चनपुर प्रहरीले पछिल्ला दिनहरुमा गैर कानुनी गतिबिधीमा संलग्नमाथि कार्बाही निरन्तर गरिरहेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply