केहि दिनदेखि यहाँका जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण

२४ वैशाख धनगढी
केहि दिनदेखि यहाँका जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण फैलिएको छ । जिल्लाका अधिकांश वन क्षेत्रमा लागेको डढेलोका कारण ग्रामिण तथा बजार क्षेत्रमा प्रदूषण फैलिएको हो । जसका कारण यहाँको जनजीवन समेत प्रभावित बन्न पुगेको छ । हावामा धुँवाको मात्रा बढेपछि मौसमी बिरामीको संख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य संस्थाहरुले बताएका छन् । आगलागीका कारण गाउँघरमा समेत रुघाखोकी र ज्वरोका विरामी बढेको दोगडाकेदार ३ श्रीकोटका गणेश विष्टले बताए । प्रदूषित हावाका कारण बालबालिका र बृद्धबृद्धा प्रभावित हुन पुगेका छन् । कामका लागि बाहिर निस्कनै समस्या भइरहेको र पशु चौपायाहरुमा समेत विभिन्न खालको समस्या देखिन थालेको छ । आगलागीको धुवाले स्वासप्रश्वास सम्बन्धी समस्या देखिने र फोक्सो र मुटुमा समेत समस्या निम्तिने जोखिम हुने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशिल विकले जानकारी दिए । बैतडीका अधिकांश क्षेत्रमा आगलागीका घटना भइरहेका छन् । तर डिभिजन वन कार्यालयले भने जिल्लामा लागेको आगलागी र आगलागीका कारण भएका घटनाको कुनै विवरण राखेको छैन् । आगलागी र डढेलो सम्बन्धी विवरण संकलनको काम भइरहेको डिभिजनल वन अधिकृत दीलिप कुमार यादवले बताए । वनजंगलमा लागेको डढेलोका कारण वन्यजन्तु समेत संकटमा परेका छन् ।
अस्पतालमा बिरामीको चाप

वायु प्रदूषणका कारण जिल्ला अस्पताल लगायत जिल्लाका अन्य स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । अन्य समयको तुलनामा अहिले आकस्मिक कक्ष तथा ओपिडीमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा बृद्धि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर विकले बताए । अन्य समयको तुलनामा अहिले आगलागी र गर्मीको समय भएकाले उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको उनको भनाइ छ ।

अहिले श्वासप्रश्वास, दम, ज्वरो, पेट दुख्ने , टाईफाइड, झाडापखाला, छाला तथा मलेरिया जस्ता कीट जन्या समस्या लिएर अस्पतालको आकस्मिक कक्ष तथा ओपिडीमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढदै गएको हो । सामान्य दिनमा जिल्ला अस्पतालमा धेरै बिरामी नआउने भए पनि गर्मी लागेसँगै अहिले दैनिक रुपमा डेढसय भन्दा धरै बिरामी अस्पतालमा उपाचार गर्न आउने गरेका छन् । अहिले गर्मीको समयमा तातो हावा तथा तातो लहरबाट लाग्ने रोगहरु बाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने तथा सरसफाइ र खानपानमा समेत ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply