कञ्चनपुर प्रहरीले तीन लाख बढीको अबैध सामान बरामद

२६ वैशाख धनगढी
कञ्चनपुर प्रहरीले तीन लाख बढीको अबैध सामान बरामद गरेको छ । इकाका प्रहरी कार्यालय बेलौरीले ४० हजार ८ सय मुल्यको अबैध सामान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय दोधराले ७ हजार, इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले एक लाख १० हजार ७०, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ६ हजार दुई सय, इलाका प्रहरी कार्यालय गड्डाचौकीले एक लाख एक हजार चार सय, इलाका प्रहरी कार्यालय शंकरपुरले १० हजार, प्रहरी चौकी परासनले २९ हजार ७ सय ४० मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो । त्यस्तै प्रहरी चौकी भुडाले ७ हजार ८८ गरेर तीन लाख तीन हजार दुई सय ९८ मुल्यको अबैध सामान बरामद गरिको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सुर्ती, तेल, चिनी, बिडी, अचार, पेन्ट, ढोकाको पर्दा, किटनाषक औषधी, काजु र हार्डवेयरका सामान बरामद गरेर भन्सार कार्यालय पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply