महाकाली राजमार्गमा जीप दुर्घटना हुँदा सात जना घाइते

२६ वैशाख धनगढी
महाकाली राजमार्गमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । राजमार्ग अन्तरगत बैतडीको सतबाँझ-सिल्लेगडा सडकखण्डकाे सुर्नया गाउँपालिका-३ सिदुनमा धनगढीबाट बैतडीको तल्लादेहीका लागि आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको जिप बिहान करिब २ बजेको समयमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ९ तल्लादेहीका २७ बर्षीय दिपक पार्की, उनका ८ बर्षीय छोरा छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ बर्षीय धनजीत पार्की, उनकी १५ बर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ बर्षीया कृष्णा पार्की, डिलाशैनी गाउँपालिका ४ तडीबटाका ३३ बर्षीय करबीर सार्की र ७४ बर्षीय मनोरी सार्की रहेका छन् ।

घाइतेमध्ये प्रदीप र रेखालाई थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जाेशीले बताउनुभयो । अन्य घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको बताइएको छ । जिप चालक पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २३ बर्षीय सुरेन्द्र पुजारा फरार रहेका प्रहरीले जनाएको छ। जिपकाे ब्रेक फेल भएर दुर्घटना भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply