नगरस्तरीय फुटबल उपाधि ९ नम्बर वडाले जित्यो

सरस्वती सुनार
२६ बैशाख
कञ्चनपुर – कृष्णपुर–९ नम्बर वडाले नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ९ नम्बर वडाले वडा नम्बर ६ लाई ३–२ गोल अन्तरले पराजित गरी उपाधि हात पारेको हो ।प्रतियोगिताको विजयी टिमले नगद ५० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता कृष्णपुर नगरपालिका वडा नम्बर ६ ले नगद २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाएका थिए । प्रतियोगितामा उत्कृष्ट गोलकिपर कृष्णपुर –९ को इन्द्र बाेहरा भए भने उत्कृष्ट खेलाडी वडा नम्बर ९ कै आदित्य चौधरी घोषित भए । त्यस्तै सबैभन्दा बढि गोलकर्ता खेलाडी ९ कै आदित्य चौधरी घोषित भएको खेलकुद संयोजक चन्द प्रकाश भट्टले जानकारी दिए ।


कृष्णपुर नगरपालिका वडा नम्बर ९ को खेल मैदानमा २१ बैशाखबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल २६ बैशाख मा भएको थियो । प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण समारोहमा कृष्णपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बाबुराम चौधरी, ३ नम्बर वडाका अध्यक्ष खेमराज चौधरी, तथा वडा नम्बर ८ का वडाध्यक्ष दिनेश खड्कालगायतको उपस्थिति थियो ।

कृष्णपुर वडा नं. ९ को आयोजनामा सञ्चालन भएको दाेस्राे वडा स्तरिय रनिङ सिल्ड खेलकुद प्रतियोगिता आज राजघाट खेलमैदानमा समापन भएको छ ।

कृष्णपुर वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायरको अध्यक्षतामा समापन भएको हो । अध्यक्ष कैलाश बलायरको अध्यक्ष्तामा भएको कार्यक्रममा कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा प्रमुख अथिति रहेका थिए। प्रमुख अथितिको आसन बाट बोल्दै नगर प्रमुख ओझाले खेल पनि एउटा बिकासको पाटो भएकाले युवा हरुले मेहनत गर्नु पर्ने बताए । साथै खेल बिकासका लागि नगरबाट सधै सहयोग भइरहेका र आगामि दिन हरुमा पनि सहयोग गर्न प्रतिबद्ध रहेको धारण राखे साथै उनलेे समयमै खेलकुद खेलाउन सबै सराेकार वालालाई सुझाव दिए । प्रथम, दृतिय, तृतिय, स्थान हासिल गर्ने खेलाडी हरुलाइ प्रमाण पत्र र सम्मान पत्र बितरण

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा समापनमा बोल्दै अध्यक्ष कैलाश बलायरले लुकेर बसेका खेलाडिहरुको प्रतिभा उजागर गर्न प्रतियोगिताले थप हौसला प्रदान गरेको बताउनुभएको थियो ।

सो अवसरमा खेल संयोजक चन्द प्रकाश भट्टले वडा स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्नुहुने सबैलाई धन्यबाद ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण समाजसेवी युवा मदन राेकायले गरेका थिए ।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बाबुराम चौधरी, कृष्णपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष खेमराज चौधरी, कृष्णपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्का बुद्धिजीवी समाजसेवी खेल प्रेमी लगायतको सहभागिता रहेको थियोे ।कृष्णपुर ९ का वडा सदस्य कालिका चौधरीको स्वागत मन्तब्य कार्यक्रमको संचालन मदन राेकाएले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply