बिपदको क्षेत्रमा MPDS को कार्य उत्कृष्ट :भजनी मेयर केबल चौधरी

२७ वैशाख धनगढी
भजनी नगरपालिका प्रमुख केबल चौधरी ले बिपदको क्षेत्रमा अाफ्नो पालिकामा बहुउद्देश्यीय बिकास समाज डडेल्धुराले अत्यन्तै उत्कृष्ट र प्रशसनिय कार्य गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो ” २ /३ पटक MPDS संस्थाले भजनी नगरपालिकामा संचालन गरेको गतिविधिहरु अनुगमन गर्न फिल्डमा समेत गए मलाई असाध्यै राम्रो लाग्यो ” । बाढी डुबानको बेला राहत बितरण देखि बिपद जोखिम न्यूनीकरणमा सचेतना फैलाउने सवालमा होस संस्थाले प्रभावकारी कार्य गरेको अाफूले पाएको बताउनु भयो ।
भजनी नगरपालिकाको समन्वय,KERK IN ACTIE र CORDAID सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेलधुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत स्थानीय बिपद ब्यवस्थापन समिति र टास्कफोर्स संग को समन्वय बैठकमा नगर प्रमुख चौधरी ले यसरी खुलेर प्रशंसा गर्नुभएको हो ।

बैठकमा पालिका स्तरमा परियोजना द्घारा संचालन भएका गतिविधि र उपलब्धिहरुको प्रस्तुति र समीक्षा तथा अागामी योजनाका बारेमा सरोकारवाला निकायहरु बिच छलफल एंव सुझाब संकलन गरिएको थियोे ।

बैठकमा भजनी नगरपालिका उप प्रमुख राजु तिरुवाले बिपद ब्यवस्थापनको सवालमा MPDS को सहयोग र सहकार्य महत्त्वपूर्ण रहेको बताउदै,जैबिक तटबन्धको योजना लाई थप बृद्धि र बिस्तार गर्नुपर्ने बताउनु भयो

कार्यक्रममा भजनी नगरपालिका वडा न ९ का अध्यक्ष संजिब कुमार चौधरीले टास्क फोर्सको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा अाफूहरुले पनि सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा वडा नं ७ का अध्यक्ष अमर बहादुर कठरिया ले संस्थाले पालिका स्तरमा गरेका कामहरु अत्यन्तै राम्रो भएको बताउदै ,थप सचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोडदिनु भयो । बैठकमा वडा नं ५ का वडा सदस्य राजेन्द्र खनाल ले बिपदको बाढी डुबानका साथ साथै अागलागी नियन्त्रण सम्बन्धि पनि सचेतनामूलक अभिमुखीकरण गर्नुपर्ने बताउनु भयो । कार्यक्रम भजनी नगरपालिका सामाजिक शाखा प्रमुख खिम पनाडी ले बिपदको सवालमा सबै मिलेर ठोस निति तथा कार्यक्रम तय गर्न सके अझै राम्रो हुने बताउनुभयो

बैठकमा सहभागी जनप्रतिनिधिहरु भलबन्सा र टास्कफोर्सका प्रतिनिधि हरुले बिपदको क्षेत्रमा थप गतिविधि सहित कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठक भजनी कार्यपालिका सदस्य एंव अध्यक्ष एंव बिपद संयोजक कृष्णा चौधरी को अध्यक्षतामा सम्पन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply