आगलागीबाट बैतडीमा करिब डेढ करोडको क्षति

२८ वैशाख धनगढी
आगलागीबाट बैतडीमा करिब डेढ करोडको क्षति भएको छ । चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भएका आगलागीका घटनाबाट एक करोड ३४ लाख ९९ हजार पाँच सय रूपैयाँ बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । उनले भने,‘चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्म १२ वटा आगलागीका घटना भएका छन्, यी घटनाबाट एक करोड ३४ लाख,९९ हजार पाँच सय रूपैयाँ बराबरको क्षति भएको विवरण संकलन भएको छ ।’

आगलागीबाट पसल, घर, सुनचाँदी र नगद जलेका छन् भने दुईजना समेत घाइते भएका जनाइएको छ । गत भदौमा दशरथचन्द नगरपालिका ४ गढीमा रहेको प्रदीप बरालको सुनचाँदी पसलमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ । यस्तै कात्तिकमा पुर्चौडी नगरपालिका १ डाडाकोटका जयानन्द जोशीको घरमा आगलागी हुँदा ३० लाख, मेलौली नगरपालिका २ का पुर्ण बहादुर चन्दको घरमा भएको आगलागीबाट ५० हजार, मंसिरमा पाटन नगरपालिका २ कि जयन्ती पन्तको घरमा आगलागी हुँदा ४ लाख ५० हजार, डिलाशैनी ७ का जनकराज जोशीको घरमा आगलागी हुँदा ७० हजार, माघ महिनामा डिलाशैनी गाउँपालिका ६ का पुष्कर थलालको घरमा आगलागी हुँदा ५ लाख, फागुनमा सुर्नया ७ का तेजबहादुर कार्कीको घरमा आगलागी भएर २ लाख ४८ हजार, चैतमा डिलाशैनी २ को एक घरमा आगलागी हुँदा १ लाखको क्षति भएको छ । वैशाखमा पञ्चेश्वर गाउँपालिका ४ का जय बहादुर चन्दको घरमा आगलागी हुँदा ५ लाख, सुर्नया गाउँपालिका २ का करन पाण्डेको घरमा आगलागी भएर ६० हजार र पाटन नगरपालिका १ कि धौली लुहारको भान्सा कोठामा आगलागी हुँदा २१ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विद्युत सर्ट भएर तथा मानवीय त्रुटीका कारण आगलागीका घटना भएका प्रहरीले बताएको छ । आगलागीबाट घटना न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम तथा सन्देशमूलक प्रचारसामग्री प्रकाशन तथा प्रशारण भइरहेको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल बन अधिकृत दीलिपकुमार यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply