सरस्वती सुनार
राजघाट : कृष्णपुर ९ राजघाटमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । दिन प्रतिदिन खेलाडीको सङ्ख्या बढिरहेको छ । खेलाडीलाई खेल खेलमा चासो छ तर सामग्री र प्रशिक्षकको अभाव भने सधैँ रहन्छ । कृष्णपुर नगरपालिका ९ राजघाट स्थित खेलमैदान मैदान पशुचौपायाका लागि चरनका रुपमा प्रयोग भइरहेका छन् ।
खेल सामग्री र प्रतियोगिता समिति ठाउँमा केन्द्रित छन् । राज्यको बढी लगानी पनि सिमित ठाउँमा मात्र केन्द्रित छ । अभावै अभावका बीच खेलाडी पर्याप्त मात्रामा उत्पादन भइरहेका छन् । खेलाडी उत्साहित हुने गरेका भए पनि सामग्री अभावमा उनीहरु निराश हुनुपरिरहेको राजघाट प्रगति युवा क्लबका अध्यक्ष पुष्कर बि.क. बताउँछन् । राजघाटमा मात्रै तीन ठूला फुटबल खेलमैदान सञ्चालनमा आएका छन् । सरकारले खेलकुदमा गर्ने लगानी राजघाट खेलमैदान सम्म पुग्दैन प्रगति युवा क्लबका अध्यक्ष पुष्कर बि.क.ले भने,।
राजघाटमा उत्पादन भएका फुटबल खेलाडी राष्ट्रिय टोलीमा आबद्ध छन् तर आर्थिकरूपमा कमजोर भएकाले खेलाडीको चाहनाअनुसार पर्याप्त खेल सामग्री उपलब्ध गराउन नसकेको प्रगति युवा क्लबका अध्यक्ष पुष्कर बि. क. ले भने ।