लिगको अन्तिम खेलमा दिल्लीले हरायो लखनउलाई

२ जेठ धनगढी
दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति लिगको अन्तिम खेल खेलेको दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो।

दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेट गुमाएर १८९ रन बनाएको थियो।

लखनउका लागि निकोलश पुरन र अर्शद खानले अर्धशतक बनाए।

पुरनले २७ बलमा ६ चौका र ४ छक्का प्रहार गरी ६१ रन जोड्दा खान ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गरी ५८ रन बनाएर नट आउट रहे।

क्रुनाल पाण्ड्याले १८, युधवीर सिंहले १४, क्वीन्टन डिककले १२ रन बनाए भने अन्य ब्याटर चल्न सकेनन्।

बलिङतर्फ इशान्त शर्माले तीन विकेट लिए। त्यस्तै खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टुब्सल १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको दिल्लीले चार विकेट मात्रै गुमाएर २०८ रनको योगफल तयार गरेको थियो।

दिल्लीका लागि अभिषेक पोरेल र ट्रिस्टन स्टुब्सले अर्धशतक हाने।

अभिषेकले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५८ रन बनाए भने ट्रिस्टन स्टुब्स २५ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५७ रन बनाएर नट आउट रहे।

शाई होपले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३८ रन जोडे।

कप्तान रिशभ पन्तले २३ बलमा ५ चौका हानेर ३३ रनको योगदान गरे। अक्षर पटेल १४ रन बनाएर नट आउट रहे।

बलिङतर्फ नवीन उल हकले २ तथा अर्शद खान र रवि बिस्नोईले १/१ विकेट लिए।

दिल्लीले लिग चरणका सबै खेल खेल्दा १४ अंक जोडेर पाँचौं स्थानमा छ। उसको प्लेअफ सम्भावना सकिइसकेको छ।

त्यस्तै एक खेल बाँकी रहेको लखनउको १२ अंक छ। अब उसले शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्नेछ। लखनउको पनि प्लेअफ सम्भावना न्यून छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply