शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले फेरी मझगाँउ विमानस्थलको काम रोके

२ जेठ धनगढी
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले फेरी मझगाँउ विमानस्थलको काम रोकेको छ ।

एकबर्ष अघि देखि निकुञ्जको कोर एरिया भन्दै रोकेको निकुञ्जले फेरीपनि काम रोकेको हो ।

निकुञ्जले रोकेको एक बर्षपछि मझगाँउ विमानस्थल पुन संचालन समितिको अगुवाईमा सोमबार डोजर लगाएर काम शुरु गरेको भोलीपल्टै निकुञ्जले विभिन्न सरकारी निकायमा पत्र नै काटेर रोको छ ।

३१बैशाखमा रेन्जर पद दिएर नेपाल नागरिक उड्यान प्राधिकरणलाई पत्र नै काटेर निकुञ्जको कोर र मध्यवर्ती क्षेत्रमा कुनैपनि काम नगर्न नगराउन आदेश अनुरोध गरेको छ ।

१ जेठमा निकुञ्ज निमित्त बरिष्ठ संरक्षण अधिकृत प्रमोद कुमार यादवले हस्ताक्षर गरेको पत्रमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सरक्षण विभागलाई पत्र नै काटेर उक्त क्षेत्रको भोगाधिकार प्रांप्त नगरेको र वातावरणी प्रभाव मुल्याङकन समेत नभएको राय पेश गर्दै काम रोकेको छ ।

फेरीपनि निकुञ्जले विकास निर्माणका काममा अवरोध बाधा उत्पन्न गरेको भन्दै मझगाँउ विमानस्थल पुन संचालन समितिले घोर भत्र्सना जाहेर गरेको छ ।

एक बर्षदेखि अनेकन बाधा अडचन हालेर काम हुन नदिएको र फेरीपनि अवरोध दोहो¥याउन खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

मंगलबार समितिको बैठकले बुधबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउनेदेखि कञ्चनपुरको विकास बारे खुला छलफल गर्ने निर्णय गरेको छ ।

समितिका सचिव राजेन्द्र चन्दले निकुञ्ज प्रशासनबाट विभागकै पत्र उलङघन गर्दै व्यक्तिवादी शासन चलाउने काम गरेको भन्दै त्यस बिरुद्ध नागरिक सडकमा आउने चेतावनी दिए ।

उनले अब वडादेखि केन्द्रीय ससद जनप्रतिनिधीसम्मसंग राखेर खुला बहस गरिने र त्यसबाट थप आन्दोलनका कार्यक्रम गर्ने बताए।

मझगाँउ विमानस्थल पुन संचालन समितिका अध्यक्ष रमेश चन्दले सरकारी निकायविच विकासका विषयमा भईरहेको बखेडाले नागरिकमा निरासा आक्र्रोस छाएको बताए ।

उनले सरकारले नै गरिरहेको विकासका काममा सरकारी निकायबाटै अवरोध जस्ता अवस्था नागरिकका लागि दुखत विषय बनिरहेको बताए।

उनले यस विषयमा स्थानीय, प्रदेश र संघीय सरकार सहित सरोकारवाला निकाय गम्भिर हुनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply