गहुँ तस्करको योजना विफल बनाउँदै सशस्त्र प्रहरी

४ जेठ धनगढी
भारतबाट व्यवसायिक समान तस्करी नेपालमा हुनु समान्य र नियमित भएपनि कृषिजन्य बस्तु(गहुँ)समेत तस्करी भईरहेको छ। कञ्चनपुरको दक्षिणी नाका भारतबाट अहिले गहुँ तस्करी भईरहेको छ । बेलौरी, बेलडाँडीका विभिन्न खुला नाकाबाट गहुँ तस्करी भईरहेको हो । गहुँको सिजन भएकाले तस्कर समुहले भारतमा उत्पादन भएको गहुँ नेपालमा भित्र्राईरहेका छन । तस्कर समुहले तस्करीको शैली फेरेर कृषिजन्य बस्तु(गहुँ) तस्करी गरिरहेका छन । सशस्त्र प्रहरीले जेठ पहिलो साता ३सय ६१बोरा गहुँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले भारतबाट अवैध रुपमा नेपाल भित्रिरहेको ठुलो परिमाणको गहुँ बरामद गरेको बताए । उनका अनुसार गहुँ सहित एक सय जोर स्कुले डे«सका जुत्ता, ६४जोर कन्भसर जुत्ता, १४ जोर फेसज जुत्ता,१० जोर स्लिप जुत्ता,८ जोर चप्पल सहित झण्डै ७लाख २८ हजारको अवैध समान बरामद गरेर त्रिनगर भन्सार बुझाएको बताए । गहुँ सहितका तस्करको योजना सशस्त्र प्रहरीले बिफल बनाईदिएको छ ।

गत बैशाखमा नेपाल प्रहरीको बेलौरीको पहुँचबाट सयौँ कुण्डल गहुँ बरामद गरेको थियो । तस्कर समुहले ल्याएको अवैध गहुँदेखि व्यवसायिक समान सशस्त्र प्रहरीले बरामद गरेर भन्सार बुझाईदिएपछि तस्कर समुहको रुवाबासी भएको छ । तस्कर समुहले भारतबाट भन्सार बिनै सस्तोमा खरिद गरेर एकातिर अवैध काम अर्कातिर राजस्व छली गरेर छोटो समयमै कमाउने धन्दा सशस्त्र प्रहरीले चकनाचुर बनाईएको छ । सशस्त्र प्रहरीले कञ्चनपुरमा यस अघि तीन महिनाको अवधिमा पनि विभिन्न व्यवसायिक तस्करीको समान बरामद गरेको थियो । विगत एक अघियता सशस्त्र प्रहरीको कञ्चनपुरको सीमा क्षेत्रमा दरिलो उपस्थिति छ । सशस्त्र प्रहरी कञ्चनपुर जिल्ला कमाण्डर एसपी खगेन्द्र चन्दको मातहतका इन्चार्ज एव सशस्त्र प्रहरी बलका कर्मचारीलाई जहाँ तस्करी त्यही ठाँउको ठाँउ नियन्त्रण गर्न निर्देशन दिएका छन । कुनै बिओपी इन्चार्जदेखि सशस्त्र प्रहरी कर्मचारी तस्करीसंग साँटगाँठ भए कार्बाहीको चेतावनी दिएका छन । स्थानीयले तस्करी गरेर राज्यलाई राजस्व छली गर्नु भन्दा स्वाभिमानका साथ भन्सार राजस्व काटेर व्यवसाय गर्न अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply