अखिल नेपाल ट्रेड युनियन महासंघ कृष्णपुर नगरको अध्यक्षमा हरिप्रसाद चौधरी चयन

हेमा भट्ट /जेठ ०४
कञ्चनपुर : अखिल नेपाल ट्रेड यूनियन महासंघ कृष्णपुरकाे भेला सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न भेलाले हरिप्रसाद चौधरीको अध्यक्षतामा १५ सदस्यीय पालिकास्तरिय कमिटी गठन गरेको छ ।
भेलाबाट उपाध्यक्षमा सुरेश पार्की , सचिवमा रामचरण चौधरी, कोषाध्यक्षमा शर्मिला चौधरी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सन्तराम चौधरी,इन्द्रबहादुर चौधरी, जगन सिंह चौधरी,वीर बहादुर चौधरी,प्रकाश चौधरी, सन्तराम चौधरी,
प्यारु चौधरी, ४ जना थप गरिने गरि चयन गरिएको छ ।

कृष्णपुर नगर संयोजक हरिप्रसाद चौधरीको अध्यक्षतामा बसेको कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल ट्रेड यूनियन महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत न्यौपाने, विशिष्ट अतिथ नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य सुरेन्द्र चौधरी,अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष लालबहादुर चौधरी, अखिल निर्माण मजदुर महासंघ केन्द्रीय सदस्य भरत लाल चौधरी अखिल नेपाल ट्रेड युनियन महासंघ शुक्लाफाँटा नगर संयोजक रमेश नेपाली, महिला स्वास्थ स्वयम सेविका शर्मिला चौधरी, अखिल नेपाल ट्रेड युनियन कृष्णपुर सदस्य दशीराम चौधरी लगायत समाजसेवी बुद्धिजीवीकाे उपस्थिति रहेकोे थियोे


कार्यक्रममा अखिल नेपाल ट्रेड यूनियन महासंघका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष लालबहादुर चौधरी नेकपा माओवादी केन्द्र सुदूरपश्चिम कमिटी सदस्य सुरेन्द्र चौधरी लगायतले मन्तव्य राखेका थिए ।


अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष न्यौपानेले सुदूरपश्चिममा रहेका मजदुरहरुको हक हितको लागि काम गर्ने उदेश्यले निर्माण गरिएको संगठन हो ।”, उनले भने ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ कृष्णपुर नगरकाे कार्यक्रममा बोल्दै स्थानीय तहमा रहेका मजदुरहरुका समस्याहरुलाई पञ्जिकरण गर्ने, श्रम ऐन २०७४ लाई लागु गर्ने र सामाजिक सुरक्षा कोष लागू गर्ने जस्ता विषयमा लाग्ने बताए । कार्यक्रमका संचालक अखिल नेपाल ट्रेड यूनियन महासंघ कृष्णपुर नगर संयोजक हरिप्रसाद चौधरीले ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply