सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप क्रिकेटकाे फाइनलमा प्रवेश

४ जेठ धनगढी
सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप क्रिकेटकाे फाइनलमा प्रवेश गरेकाे छ । आज सम्पन्न खेलमा बागमती प्रदेशमाथि १०९ रनकाे शानदार जीत निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेकाे हाे । सुदूरपश्चिमले दिएकाे १५८ रनकाे विशाल लक्ष्य पछ्याएकाे बागमती १६.१ ओभरमा ४८ रनमा अलआउट भयाे । उसका करिश्मा गुरूङले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । बागमतीकाे पारी ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका रितु कनाैजियाले ३ , लक्ष्मी साउँदले २,कविता जाेशीले २,करिश्मा थापाले १ र कप्तान बिन्दु रावलले १ विकेट हात पारे । यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १५७ रन जोड्यो । प्रतियोगितामा दाेस्राे अर्धशतक प्रहार गरेकी सम्झनाले ४७ बलमा १० चौकासहित ७४ रनमा अविजित रहिन् । यस्तै कप्तान बिन्दु रावलले २८,रूवी पाेद्दारले २८ र कविता जाेशीले २० रनकाे याेगदान गरिन् । बागमतीका लागि करिश्मा गुरूङले १ विकेट हात पारिन् । जितसंगै सुदूरपश्चिम चार खेलबाट तीनजितसहित ६ अंक जाेड्दै अंकतालिकाकाे दाेस्राे स्थानमा रहदै फाइनलमा पुगेकाे छ । एपीएफ क्लब ४ खेलबाट ८ अंक जाेड्दै फाइनलमा पुगेकाे हाे । यी दुबै टाेलीबीच फाइनल भिडन्त शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply