कञ्चनपुर – लामो समय पश्चात् लोपोन्मुख अवस्थामा रहेको गिद्ध आजभोलि बथानमै देखिन थालेका छन् । कञ्चनपुरका विभिन्न सामुदायिक वन क्षेत्रमा, जंगल र गाउँको छेउमा गिद्ध पुनः देखिन थालेका हुन् । वातावरण र मौसमको प्रतिकूलताले हराएको गिद्ध गाउँतिर फेरि देखिन थालेको कृष्णपुर ९ जानकी सामुदायिक वनका अध्यक्ष चन्द प्रकाश भट्टले बताए । ‘भट्टले भने । धेरै पहिले म बाल्यकाल मा सींगो बथान सहीत एकसाथ देखिने गरेको उनको भनाइ छ । गिद्ध हराइसकेको स्थानीयको बुझाइ थियो ।
वातावरण र मौसमको प्रतिकूलताले हराएको गिद्ध गाउँतिर फेरि देखिन थालेको स्थानीय बताउँछन् । दशकौंदेखि लालझाडीमा गिद्ध देखिएका थिएनन् । सिनो हराएसँगै गिद्ध पनि हराएका थिए । गाउँलेहरुले गाई गोरु मर्दा पनि गाड्न थालेपछि आहार नपाउने भएपछि गिद्ध हराएका थिए । आजभोलि फेरि देखिन थालेका छन् । तर, पहिलेको जस्तो हजारौं गिद्धहरु भने देखिएका छैनन् । वनमा छाडारुपमा छाडेका गाई गोरु, भैँसी मरेको स्थान र खोला खोल्साहरुमा गिद्ध देखिन थालेका छन् । अहिले ठूलोदेखि सानोसम्म संयुक्त परिवारजस्तै गरी गिद्ध बथानमा भेटिएको प्रत्यक्षदर्शीको भनाइ छ ।
फेरि गिद्ध देखिन थालेपछि वातावारण सन्तुलन हुनेमा आशावादी छन् स्थानीय बासिन्दा हरु। गिद्धलाई स्थानीयले वातावरण सरसफाइ र दुर्गन्ध रोकथामको प्रतीकका रुपमा लिने गर्छन् । गिद्धले वातावरणमा भएको फोहरमैला, सिनोलगायत आहारका रुपमा खाने गर्छ । गिद्धलाई प्रदूषण नियन्त्रणको कुचिकारका रुपमा लिने गरिन्छ । राज्यले पनि २०६३ साल जेठबाट ‘डाइक्लोफेनिक’ औषधि बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । उक्त औषधिले गिद्ध मर्ने र बाँच्न असजिलो हुने भएपछि उक्त अभियान नै सञ्चालन गरिएको छ ।
पहिले पहिले गाउँनजिकै सिनो गाड्ने ठाउँमा प्रशस्त गिद्धहरु भेटिने गरेका थिए । ठूलाठूला रुखमा गुँड लगाएका देखिथ्ये । तर, बीचमा हराए पनि फेरि देखिन थालेको सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले बताए । वातावरण प्रदूषण हुन नदिई मानव जातिलाई सन्तुलित वातावरण निर्माण गर्नु गिद्धको प्रमुख भूमिका रहने विज्ञहरूकाे भनाइछ ।
गिद्धले धेरै चिसो न धेरै गर्मी मौसममा बसोबास गर्ने पंक्षी हो । यसलाई बच्चा जन्माउन, फूल पार्न बढी गर्मी मौसम चाहिन्छ । उसो त वन विनाश, ठूला जातका रुखहरुको संख्यामा कमी र जथाभाबी जंगल फँडानी पनि गिद्ध लोप हुनुको अर्को कारण रहेको पंक्षीका जानकारी बताउँछन् । नेपालमा हाल गिद्धको संख्या घटिरहेको छ ।