बैतडीमा देहिमाडौंमा जारी बृहतअन्तरपालिका भलिबल: क्वाटरफाइनल पुग्ने आठ टाेलीकाे टुंगो

५ जेठ धनगढी
बैतडीको देहिमाडौंमा जारी बृहत अन्तरपालिका भलिबल प्रतियोगितामा क्वाटरफाइनल पुग्ने आठ टोलीको टुंगो लागेको छ। महिलातर्फ सात र पुरूषतर्फ एक गरि क्वाटरफाइनल पुग्ने आठ टोलीको टुंगो लागेको जिल्ला खेलकुद समितिका भलिबल प्रशिक्षक हरि भण्डारीले जानकारी दिनुभयो ।

महिलातर्फको समूह ए बाट दशरथचन्द नगरपालिका ए र दोगडाकेदार गाउँपालिका, समूह बी बाट मेलौली नगरपालिका, समूह सी बाट पुर्चौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिका ,समूह डी बाट शिवनाथ गाउँपालिका र पाटन नगरपालिका ए टिम क्वाटरफाइनल पुगेको हो । क्वाटरफाइनल पुग्ने अन्तिम टोलिको टुंगो भोलि लाग्ने र भोलिदेखि नै क्वाटरफाइनलका खेलहरू सञ्चालन हुने जनाइएको छ।

यस्तै पुरूषतर्फ दशरथचन्द नगरपालिका ए टिम दुई खेल जित्दै क्वाटरफाइनल पुगेको भलिबल प्रशिक्षक भण्डारीले बताउनुभयो । क्वाटरफाइनल पुग्ने बाँकी टिमहरूको टुंगो भोलि लाग्ने जनाइएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टोलीको सहभागी रहेको छ ।प्रतियोगीताको प्रथम पुररस्कार ७७ हजार ७७७ रुपैयाँ काम गरिएको छ । दोस्रो पुररस्कार ५५ हजार ५५५ रहेको छ भने तेस्रो पुररस्कार ४४ हजार ४४४ र सान्त्वना पुररस्कार ३३ हजार ३३३ रहेको छ । प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुररस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो । प्रतियोगीताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply