५ जेठ धनगढी
लागुऔषध कारोवारको अभियोगमा दोधारा चाँदनीका एक युवक पक्राउ परेका छन् ।
८२.५० ग्राम कालो पदार्थ लागुऔषध (चरेश) जस्तो देखिने पदार्थ सहित दोधारा चाँदनी नगरपालिका– १ पशुपती टोल निवासी २७ वर्षका जनकराज भट्टलाई प्रहरीले आज अपरान्ह पक्राउ गरेको हो ।
प्रहरीलाई दिएको गोप्य सुचनाको आधारमा प्रहरीले जनकराज भट्टको किराना पसल संग जोडिएको सानो भान्सा कोठाको खानतलासी सुरु गरेको प्रहरीले बताएको छ् ।
प्रहरी टोलीले जनकराज भट्टको किराना पसल संग जोडिएको सानो भान्सा कोठाको खानतलासी गर्दा भान्सा कोठामा रहेको लागुऔषध (चरेश) जस्तो देखि ८२.५० ग्राम पदार्थ सहित जनकराज भट्टलाई लागुऔषध अनुसन्धान व्युरो कार्यालय कञ्चनपुरको टोलीले नियन्त्रण लिएर अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1