आगलागीमा दुई छोरी र श्रीमती गुमाएका सञ्जयको पनि उपचारकै क्रममा मृत्यु

६ जेठ धनगढी
ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

वैशाख २३ गते ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते भएका सञ्जय गिरीको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु भएको हो।

सञ्जयको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ।

सञ्जयकी श्रीमती रूपाको पनि उपचारका क्रममा वैशाख ३१ गते किष्ट अस्पतालमै मृत्यु भएको थियो।

उनीहरूका दुई जना छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा वैशाख २४ गते मृत्यु भएको थियो।

भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते छन्। उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको एसपी सुवेदीले जानकारी दिए।

मोबिल खन्याइरहँदा लाइटर बालेपछि आगलागी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply