कञ्चनपुरको शुक्लाफाँटा नगरका खोला नदी स्वाहा पारिदै !

७ जेठ धनगढी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको उत्तरी चुरे वन क्षेत्रमा रहेका नदीखोलाको गैर कानुनी दोहन भईरहेको छ ।

नगरपालिकाले चालु आर्थिक बर्ष ०८०÷०८१मा शुक्लाफाँटा नगरपालिका ८को गौडी खोलामा मात्रै ठेक्का दिएपनि केही टेक्टरधनी ठेकेदारहरुले मेसिन नै लगेर चुरेसम्मै पुगेर अवैध उत्खनन गरिरहेका छन ।

स्थानीयका अनुसार चुरे क्षेत्रमा रहेका अति सम्बेदनशिल खोला नदीबाट मापदण्ड मात्रै होईन गैर कानुनी रुपमा उत्ख्नन गरेर ढुङ्गा, ग्राभिल चोरी तस्करी गरिरहेका छन ।

एकातिर चुरेदोहन गरेर ढुङ्गा ग्राभिलका साथै काठ तस्करी समेत गरिरहेका हुन । उत्तरी क्षेत्रमै रहेको गौडीखोलामा नगरपालिकाले उत्खनन्का लागि ठेक्का दिएको उत्तरबाट दक्षिण आउँदा ग्राभिल र ढुङ्गाभित्र काठ लुकाएर ल्याउँदा कसैले शंका नगर्ने भएपनि काठ तस्करले यो जुक्ति निकालेका छन ।

बिहीबार मात्रै प्रहरीको टोलीले चुरेबाटै गैर कानुनी दोहान गर्ने दुई टेक्टर नियन्त्रणमा लिएको छ ।

ईप्रका झलारीका बीर बहादुर बुढाऐरले चुरे क्षेत्रमा अवैध उत्खनन् गरेर ढुङ्गा तस्करी गरिरहेका दुई टेक्टर नियन्त्रणमा लिएको बताए । उनका अनुसार सुपप्रको ००१त १७०९ र से१त ७५०९नम्बरको टेक्टर नियन्त्रणमा लिएको छ ।

उक्त शुक्लाफाँटा नगरपालिकाले खोलेको नदीबाट नभई चुरे वनबाट भएकाले टेक्टर वनलाई कार्बाहीका लागि दिनुपर्ने माग उठेको छ ।

सव डिभिजन वन कार्यालय शुक्लाफाँटाका प्रमुख भोजराज शर्माले अवैध रुपमा उत्खनन् गर्ने कुनै सवारी साधनले काठ तस्करीदेखि वनको चुरे क्षेत्रबाट ढुङ्गा संकलन गरे कार्बाही हुने बताए ।

शुक्लाफाँटा नगरपालिकामा यसरी अवैध उत्खनन् चोरी तस्करी अहिले मात्रै नभई निरन्तर चलिरहदा समेत सम्बन्धीत निकाय कार्बाहीको साटो उनीहरुको बचाउमा लागेपछि बेथिति मच्चिएको स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply