कञ्चनपुरको भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण

७ जेठ धनगढी
कञ्चनपुरको भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेको छ।

स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरूमा महिला स्वयंसेविकाहरू खटिएर खोपहरू, भिटामिन, पोलियो थोपा लगायतका स्वास्थ्य सेवामा खटिएर मातृ शिशु मृत्युदर कम गराउनु महत्वपूर्ण भूमिका रहेकोले साइकल वितरण गरिएको भीमदत्त नगरपालिका १८ नम्बर वडाका वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले बताएका छन्। कामलाई छिटो छरितो होस भनि वडा कार्यालयको बजेटबाट नै १५ जना स्वयंसेविकाहरूलाई साइकल वितरण गरिएको अध्यक्ष देवकोटाले बताए।

महिला स्वास्थ्य स्वयंसेविका कमला केसीले काम गर्न जागर आएको भन्दै यसैगरी अरु स्वास्थ्य सामग्री उपलब्ध गराइदिनु वडा कार्यालयलाई अनुरोध समेत गरेकी छन्। कार्यक्रममा वडा सदस्य हेम बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply