हरेक प्रदेशले एक-एक जहाज खरिद गर्ने तयारी अघि बढेको छ : पर्यटनमन्त्री पाण्डे

८ कात्तिक धनगढी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री पाण्डेले हरेक प्रदेशले एक-एक जहाज खरिद गर्ने तयारी अघि बढेको बताएका छन्। उनले सातै प्रदेशका पर्यटनमन्त्रीसँग छलफल गरी नेपाल एयरलाइन्सको लागि हरेक प्रदेशले १–१ ट्विनअटर जहाज खरिद गर्ने सहमति भएको बताएका हुन्।

मन्त्री पाण्डेले भने ‘नेपाल वायुसेवा निगमले प्रदेशहरुले जहाजमा कसरी लगानी गर्न सक्छन् भन्ने विषयमा तयारी गरिरहेको छ । प्रदेशको लगानीमा खरिद भएको जहाजले सम्बन्धित प्रदेशमै चलाउन सक्ने मोडालिटीमा छलफल भएको छ।’

उनले नेपाल वायुसेवा निगमले जहाज थप्नुको विकल्प नभएको बताएका छन्। मन्त्री पाण्डेले भने ‘नेपाल एयरलाइन्स अहिले अवस्थामा चल्दैन सुधार गरेरै अघि बढ्छौँ । मन्त्रालयले आन्तरिक रुपमा नेपाल एयरलाइन्सलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गहन अध्ययन गरिरहेको छ। छिट्टै निष्कर्षमा पुग्छौँ।’

धेरैले जहाज खरिद गर्ने विषयमा नलाग्न आग्रह गरे पनि जहाज नै खरिद नगर्ने भए नेपाल वायुसेवा निगमको कुनै काम नभएको सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply