धनगढी : कैलालीकाे गोदावरी नगरपालिका–१ अत्तरिया चोक सडकखण्डमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरका ३२ वर्षीया शिवराज राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रानाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ४३०१ नम्बरको ट्रकमा से ७ प १८९६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका रानाको सेती प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जानकारी गराए । उक्त दुर्घटनामा ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रमा लिइ घटनाबारे आवश्यक थप अनुसन्धान कार्य भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1