ललितपुर महानगरले बुधबार महानगरमा बिदा

८ जेठ धनगढी
ललितपुर महानगरले बुधबार महानगरमा बिदा दिएको छ।

भोलि रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले ललितपुर महानगर कार्यालय र मातहतका कार्यालयमा बिदा दिएको महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार वैशाख १८ गते बसेको कार्यपालिका बसेको बठैकले नरिवल खसाल्ने दिन बिदा दिने निर्णय गरेको थियो।

‘महानगरपालिका मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथयात्रा रथ तान्ने क्रममा नरिवल खसाल्ने दिन उल्लेख्य भक्तजनको उपस्थिति हुने र धार्मिक महत्वको दिन भएकाले बिदा दिने निर्णय भएबमोजिम ललितपुर महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा दिइएको छ,’ सूचनामा भनिएको छ।

रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख २९ गतेदेखि सुरू भएको थियो।

रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता भनेर मानिन्छ। यस्तै, अन्नका देवता, सहकालका देवता , लोकेश्वर लगायतका नामले रातो मच्छिन्द्रनाथ प्रख्यात छन्।

लिच्छविकालमा देशभर अनिकाल लाग्दा रातो मच्छिन्द्र उपत्यका प्रवेश गरेपछि पानी परेको कम्बदन्ती छ।

प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहँदै आएको छ।

पुल्चोबाट रथयात्रा सुरू भएपछि गा:बहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई जात्रा सम्पन्न गरिन्छ। त्यसपछि मच्छिन्द्रनाथलाई बुङ्मती राखेर राखिन्छ। सुन्धाराबाट लगनखेल पुगेपछि नरिवल खसाल्ने परम्परा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply