राष्ट्रिय दलित मुक्तअभियान कार्यक्रम चौमालामा सम्पन्न उत्साहजनक सहभागी

गणेश क्षेत्री /१० जेठ धनगढी
रास्ट्रिय दलित मुक्ति अभियान को दलित एकता अभियान तथा स्मृति सभा गौरिगङ्गा नगरपालिका चौमाला मा सम्पन्न भएको छ

सामाजिक न्याय समानता आत्मसम्मान ग्यारेन्टी का लागि भन्ने नाराका साथ सप्पन्न भएको हो
उत्पीडित समन्वय मन्चका अध्यक्ष डि बि सुनार को अध्यक्षतामा भएको कार्यक्रममा गौरी गङ्गा नगरपालिका का मेयर देबि दत्त कडेल प्रमुख अतिथी रहनुभएको कार्यक्रम मा

विशिष्ट अतिथि रास्ट्रिय दलित मुक्ति अभियानका केन्द्रिय अध्यक्ष प्रेम बिसि रहनुभएको थियो
कार्यक्रम मा जातिय भेदभाव गर्न पाइदैन , नवराज बिक र अजित मिजार लगायत को हत्यारालाइ कार्बाही गर , भन्ने प्लेकार्ड बोकेर चौमाला बजार परिक्रमा गरिएको थियो

प्रमुख अतिथी मेयर कडेल ले विभेद रहित समाजको आजको आवश्यकता भएको बताउनुभयो
ब्यतिथी र विभेद को अन्त्य गर्न आफू लागिपर्ने बताउदै विभेद बाट होइन सद्भाव कायम गर्नुपर्ने बताउदै संस्कृती भित्र बिकृती आउँछ भने त्यो बिकृती लाई हटाएमा मात्रै सस्कृती र सद्भाव कायम हुने नगरप्रमुख को भनाइ थियो

रास्ट्रिय दलित मुक्ति अभियान का केन्द्रिय अध्यक्ष बक्ता प्रेम बिसिले २१ औ शताब्दी मा पनि जातिय छुवाछूत र भेदभाव कायम रहेको बताउनुभयो ।बिसिले दलित समुदाय एकजुट भएमा मात्रै हक अधिकार प्राप्त बताउनुभयो । पुर्बज हरुले मठ मन्दिर बनाए , पुजापाठ मा प्रयोग हुने त्रिशूल घण्टी बनाए राज्यलाई आवश्यक पर्ने हातहतियार बनाए तर दु:खद कुरा त्यही दलित हरु माथी राज्यले विभेद गर्यो अब यदि राज्यले दलित लाई न्याय नै दिनेहो भने दलित सङ्ग माफी माग्नुपर्ने बताउनुभयो

उत्पिडित समन्वय मन्चका उपाध्यक्ष सन्तोष आउजिको स्वागत र कार्यक्रम को उदेश्य को बारेमा प्रकाश पारेसङ्गै शुरु भएको कार्यक्रम मा समाजसेनी सुरत भुल , मुख्यमन्त्री का स्वकिय सचिब जङ्ग बहादुर बिक , अधिकारकर्मी साबित्रा घिमिरे, रबि नेपाली पुर्ब कार्यपालिका सदस्य बिनिता बिक ,समाजसेबी जङ्ग बहादुर बिक , वडा सदस्य कल्पना बिक ,लगायत ले मन्तव्य व्यक्त गर्नुभएको थियो

कार्यक्रममा रास्ट्रिय कलाकार सोनम परियार ले सन्देश मुलक लोक देउडा प्रस्तुत गर्दा कार्यक्रममा उपस्थितित सहभागीहरुले देउडा खेल लगायका थिए । उत्पीडित समन्वय मन्चको सहसचिब दान बहादुर बिकले कार्यक्रम को सन्चालन गर्नुभएको थियो । कार्यक्रम उत्पिडित समन्वय मन्च को आयोजनामा भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply