१३ जेठ धनगढी
आजदेखि कञ्चनपुरका ५ बर्ष मुनीका ३३ हजार हाराहारी बालबालिकालाई आईभिपी खोप दिईन लागिएको छ ।
बालबालिकाहरुलाई नियमित खोप अन्र्तरगत यस अघि छुटेका बालबालिकाहरुलाई आईभिपी खोप दिईन लागेको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरले आज १३ जेठ आइतरबादेखि २६सम्म जिल्लाभरी खोप अभियान संचालन गर्ने जनाएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुवरले खोप अभियानको जिल्लाका तयारी पुरा भएको बताए ।
उनका अनुसार ०७३ बैशाखदेखि ०७५ असोजसम्म जन्मिएका बालबालिकाहरुलाई खोप दिईने बताए । सुईका माध्यमबाट बालबालिकाहरुलाई खोप दिईने छ ।
स्वाथ्य कार्यालय कञ्चनपुरका तथ्याङ्क सहायक खगेद्र कार्कीले जिल्लाभरीका उक्त उमेर समुहका अध्ययन गर्ने बालबालिकाहरुलाई खोप दिईने छ ।
तथ्याङ्क सहायक कार्कीका अनुुसार जिल्लाभरी ३३ हजार, ९४२ बालबालिकाहरुलाई खोप दिईनेछ ।
बेलडाँडी गाँउपालिका १ हजार १७४, बेलौरी २ हजार ७९३, लालझाडी गाँउपालिका १ हजार ३८१, पुनर्वास नगरपालिका ४ हजार ३११, शुक्लाफाँटा नगरपालिका ३ हजार ५८०, भीमदत्त नगरपालिकामा ८ हजार ५६२, बेदकोट नगरपालिकामा ३ हजार २३२, कृष्णपुर नगरपालिकामा ५ हजार ६६७ र दोधाचाँदनी नगरपालिका ३ हजार २४२ बालबालिकालाई खोप दिईनेछ ।
उक्त खोप अभियानका लागि १सय ५३ स्वास्थ्यकर्मी र ७सय १० स्वयसेविका सहित ८सय ६३ जनशक्ति खटिनेछ ।
खोप अभियानका क्रममा केही बालबालिबकामा समस्या आएर महाकाली प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञको संयोजकत्वमा स्वास्थ्यकर्मीको टोली तयार गरिएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका सुपरभाईजर कपिलदेव जोशीले अभियानका दौरानमा कुनै स्वास्थ्य समस्या आए संचारकर्मीदेखि सरोकारवाला निकाय जिम्मेबार बन्नुपर्नेमा जोडदिए ।
केन्द्रले १३ जेठदेखि २६सम्म समय तोकेपनि कञ्चनपुरमा २०जेठभित्रै सकिने छ ।
खोप अभियान सफल पार्नका लागि सरोकारवाला सकृय हुनुपर्नेमा स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
यस अघि गत फागुनमा स्वास्थ्य कार्यालय कञ्चनपुरले दादुरा रुबेला खोप संचालन गरेको थियो ।