सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ

१५ जेठ धनगढी
सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ।

मंगलबार प्रस्तुत गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले कर बढ्ने बताएका हुन्।

जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्त:शुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्त:शुल्क दरमा वृद्धि गरिएको उल्लेख छ।

बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्त:शुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पुर्‍याइएकाे छ।

बियर बाहेककाे अल्काेहलमा हाल ४४४ रूपैयाँ अन्त:शुल्क लागेकाेमा ४६० पुर्‍याइएकाे छ। यस्तै चुराेटकाे अन्त:शुल्क ४ प्रतिशत बढाइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply