आज ७१ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ

१६ जेठ धनगढी
आज ७१ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए ।

सोही दिनको सम्झनामा प्रत्येक वर्ष आजकै दिन सगरमाथा दिवस मनाइन्छ।

सगरमाथा दिवसको अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को आयोजनामा काठमाडौंमा बुधबार बिहानै प्रभातफेरी गरिएको छ।

यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ।

प्रभातफेरीमा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूले ब्यानर, मौलिकता झल्काउने सांस्कृति प्रदर्शनीसहितको र्‍याली निकालेका छन्।

सञ्चयकोष भवनदेखि निकालिएको र्‍याली प्रज्ञा भवन कमलादी पुग्नेछ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा प्रज्ञा भवन कमलादीमा विशेष समारोहका आयोजना गरिएको छ। उक्त समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply