स्रोत नखुलेको ७२ लाख नगदसहित दुई जना पक्राउ

२० जेठ धनगढी
काठमाडौंमा स्रोत नखुलेको ७२ लाख नगदसहित दुई जना पक्राउ परेका छन्।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसको रूम नम्बर २ बाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।

उक्त कोठाबाट प्रहरीले भोजपुर पौवा डुग्मा गाउँपालिका घर भई न्युरोड बस्ने ५० वर्षीय भिमसेन विश्वकर्मा र १९ वर्षीय खेमराज विश्वकर्मालाई पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले ७२ लाख स्रोत नखुलेको रकम बरामद गरेको हो।

प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply