विश्वकपको उद्घाटन खेलमा क्यानडामाथि अमेरिकाको सानदार जित

२० जेठ धनगढी
आइसिसी टी-२० विश्वकपको उद्घाटन खेलमा सह-आयोजक संयुक्त राज्य अमेरिकाले सानदार जित निकालेको छ।

आइतबार बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।

क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले ३ विकेटमात्रै गुमाएर १४ बल बाँकी छँदै पूरा गर्‍यो।

त्यसक्रममा आरोन जोन्सले विस्फोटक ब्याटिङ गर्दै ९४ रन बनाए। उनी ४० बलमा ४ चौका र १० छक्का प्रहार गरी नट आउट रहे।

आन्द्रिस गोसले ४६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ६५ रन जोडे। कप्तान मोनांक पटेलले १६ रनको योगदान गरे। ओपनर स्टेभन टेलर शून्यमा आउट भएका थिए।

बलिङतर्फ क्यानडाका कलिम साना, डाइलन हेलिंगर र निखिल दत्तले १/१ विकेट लिए।

क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रनको योगफल तयार गरेको थियो।

त्यस क्रममा नवनीत धलिवलले सर्वाधिक ६१ रन बनाए। उनले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

निकोलश किर्टनले म ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरी ५१ रन जोडे। श्रेयस मोव्वाले १६ बलमा २ चौका र २ छक्का प्रहार गरी ३२ रनको योगदान गरे। ओपनर आरोन जनसनले २३ रन जोडे।

बलिङतर्फ अमेरिकाका अली खान, हरमित सिंह र कोरी एन्डरसनले १/१ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply