सरकारले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि नारा तय

२० जेठ धनगढी
सरकारले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि नारा तय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरेको हो ।

विभागका महानिर्देशक डा. हरि बहादुर के.सी. को अध्यक्षतामा जेठ १६ गते बसेको २१ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिको बैठकबाट राष्ट्रव्यापी रूपमा मनाइँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ को लागि सो नारा तय गरिएको हो ।

यसअघि विभाग अन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले धान दिवसको लागि देशव्यापी रूपमा नारा सङ्कलन गरेको थियो । सोही अनुसार नारा तय गरिएको हो ।

सोही नारामा आधारित रही आगामी असार १५ गते धानवाली प्रवर्द्धनका लागि देशव्यापी रूपमा दिवस मनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply