देशभरको तापक्रम सामान्य घटे

२१ जेठ धनगढी
देशभरको तापक्रम सामान्य घटेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ४४ डिग्रीसम्म पुगेको पश्चिम तराईका भूभागहरुसहित देशभरको तापक्रम केही घटेको हो।

पहाडी भूभागहरू वर्षा र बदलीका कारण तापक्रम घटेको मौसमविद रोजन लामिछानेले बताए।

केही दिनअघिसम्म पश्चिम तराईका भूभागहरुमा तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो। आइतबार तापक्रम घटेर ४० भन्दा कम पुगेको महशाखाले सार्वजनिक गरेको विवरणा उल्लेख छ।

आइतबार धनगढीको अधिकतम तापक्रम ३८.१ डिग्री सेल्सियस मापन भएको थियो। त्यस्तै नेपालगन्जको अधिकतम तापक्रम ३९.२ डिग्री सेल्सियस मापन भएको थियो।

मध्य र पूर्वी तराईमा तापक्रम अझै घटेको विभागको तथ्यांकमा उल्लेख छ। विभागकाअनुसार आइतबार विराटनगरको अधिकतम तापक्रम ३१.७ डिग्री सेल्सियस मापन भएको थियो। जनकपुरमा ३३.८ डिग्री सेल्सियस, सिमरामा ३२ डिग्री सेल्सियस मापन भएको थियो।

त्यस्तै भैरहवामा ३३.७ डिग्री सेल्सियस, घोराहीमा ३२.६ डिग्री सेल्सियस मापन भएको थियो।

सोमबार पश्चिम तराईमा तापक्रम केही बढ्न सक्ने मौसमविद् लामिछानेले बताए।

‘आइतबारको तुलनामा सामान्य बढ्ने सम्भावना छ। तर ४० डिग्री सेल्सियस भन्दा बढी पुग्दैन,’ उनले भने।

पश्चिम तराईका भूभागहरुमा तापक्रम केही घटेपनि गर्मी कायम छ। बादलहरू नआउँदा र पानी नपर्दा न्यूनतम तापक्रम अझै २८ डिग्री सेल्सियसको हाराहारीमा छ। त्यसैले हुप्प हुने र अत्यधिक गर्मीको क्रम अझै जारी छ।

मौसमविद् लामिछानेल पश्चिम तराईका भूभागहरुमा अझै तीन दिन पानी पर्ने सम्भावना नदेखिएको बताए।

‘तीन दिनको फोरकास्ट अनुसार तत्काल पानी पर्ने सम्भावना देखिएको छैन,’ उनले भने।

सोमबार बिहान कोशी प्रदेशका केही भूभागहरुमा पानी परेको थियो भने अन्य भूभागहरुमा सामान्य बदली भएको थियो।

अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

वर्षा र बदलीका कारण तापक्रममा सुधार आउने मौसमविद् लामिछानेले बताए।

काठमाडौंमा पनि तापक्रम केही घटेको छ। ३४ डिग्री सेल्सियससम्म पुगेको काठमाडौंको अधिकतम तापक्रम आइतबार सामान्य घटेको थियो।

आज पनि २८ देखि ३० डिग्री हाराहारीमा हुने मौसमविद लामिछानेले बताए।

यसपालि मनसुन सरदरभन्दा अगाडि आउने अनुमान छ। सामान्यतया जुन १३ सम्म नेपाल भित्रिसक्ने मनसुन अहिले भारतको सिक्किम आसपास छ।

‘सिक्किम आइपुगेको मनसुन नेपाल आइहाल्छ भन्ने होइन। पश्चिमी न्यून चापीय प्रणाली विस्थापित हुनुपर्छ। पूर्व हुँदै देशभर त्यसले प्रभाव विस्तार गरेपछि मात्रै नेपाल भित्रियो भन्ने अवस्था हुन्छ,’ अर्यालले भने।

साधारणतया नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ। अघिल्लो वर्ष जुन १४ अर्थात् जेठ ३१ मा भित्रिएर असोज २८ गते बाहिरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply