अनलाइनमार्फत १६ लाख ६२ हजार रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

२१ जेठ धनगढी
अनलाइनमार्फत १६ लाख ६२ हजार रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको हो।

दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ९ घर भई काठमाडौं मित्रनगर बस्ने २१ वर्षीय विरबल घर्ती मगर पक्राउ परेका हुन्।

उनले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबर लगायत एपमार्फत सम्पर्क गरी आइफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलरसहितको लगेज कुरियरमार्फत पठाएको छु भनेर विश्वासमा लिने गरेका थिए।

विश्वासमा लिएर कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ लगायतको चार्जको लागि रकम लाग्छ भनेर बैंक खातामा १६ लाख ६२ हजार रुपैयाँ पठाउन लगाएको प्रहरीले जनाएको छ।

यसरी ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply