इलाममा रतुवा खोलाले जिप बगाउँदा बेपत्ता बच्चा र महिला मृत फेला

२१ जेठ धनगढी
इलाममा रतुवा खोलाले जिप बगाउँदा बेपत्ता बच्चा र महिला मृत फेला परेका छन्।

गाडी खोलाले बगाएको ठाउँभन्दा केही तल एक जना बच्चा र महिलाको शव प्रहरीले फेला पारेको छ। उनीहरूको पहिचान खुलिसकेको छैन।

‘गाडीको एउटा चक्का मात्रै फेला परेको छ। गाडी भेटिएको छैन। प्रहरी पुगेर घटनास्थलमा उद्धार र अनुसन्धान थालेको छ,’ इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले भने।

इलामको लारूम्बा गाउँबाट दमकतिर आउँदै गरेको बोलेरो जिपलाई इलामकै चुलाचुली गाउँपालिका वडा ५ चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको थियो।

उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए। ६ जनामध्ये ४ जनाको उद्धार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply