भक्तपुरमा १६ महिने शिशुको लडेर मृत्यु

२१ जेठ धनगढी
भक्तपुरमा १६ महिने शिशुको लडेर मृत्यु भएको छ।

सोमबार बिहान अन्दाजी ११ बजे भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक स्थित घरमा लडेर १६ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए।

कमलविनायकमा डेरा गरी बस्ने रामेछाप-३ की सरू खड्काका १६ महिने छोरा सम्राटको मृत्यु भएको हो।

खाटमाथि खेलिरहेका शिशु अचानक भुइँमा लड्दा गम्भीर घाइते भएका थिए। उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो। उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply