धनगढी ; नेपाली काग्रेसका नेता एंव पूर्व राज्यमन्त्री टेक बहादुर रैका ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा संयुक्त राजनैतिक दलित संघर्ष समिति सुदूरपश्चिम प्रदेश द्धारा आयोजित बृहत अन्तक्रिया कार्यक्रममा पूर्ब राज्यमन्त्री रैका ले छुवाछूत मुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताए । उहाँले “तीनै तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा कार्यक्रम निर्माण गर्न, दलित सशक्तीकरण कार्यक्रम बनाउन, छुवाछूत विरूद्धको ऐन प्रभावकारी कार्यान्वयन गर्न विशेष अपील समेत गरेका छन् । नेता रैका ले दलित समुदायलाई छुवाछूत र विभेदबाट मुक्त गर्दै बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्ति सहितको समानुपातिक पहुँच सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश नीति तथा योजना अायोगका उपाध्यक्ष गणेश बिक,माअोबादी केन्द्रका नेता अोम प्रकाश पुन,एमालेका प्रदेश उप महासचिव नर बहादुर बिक,नेकपा समाजबादीका नेता गोरख सार्की,नेपाल दलित संघका अध्यक्ष प्रेम बिक लगायतकाले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाल दलित मुक्ति संगठनका प्रदेश अध्यक्ष चक्र बिकको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन नेपाल दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष जगत बिक ले गरेका थिए ।
यस अघि कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारी ले गरेका थिए ।
