सशस्त्रको डेडिकेटेड मनसुन प्रतिकार्य टिम गठन

२२ जेठ धनगढी
वर्षायाम सुरु भएसँग सशस्त्र प्रहरी बलले २४ सै घण्टा परिचाल गर्नेगरी डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन गरेको छ । टोलीमा विपद् व्यवस्थापन तालिम गरेका कर्मचारीहरू छन् ।

बाढी, पहिरो र डुबानमा परेकाहरूको तत्कालै उद्धारको लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुनको नफ्रिमा टोली गठन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

गुल्महरुमा सिनियर अफिसरको कमाण्डमा माईनस प्लाटुन तथा अन्य युनिटहरुमा १ सेक्सनको नफ्रिमा मनसुन प्रतिकार्य टोली गठन गरिएको छ ।

प्रदेशस्थित सबै बाहिनी र उपत्यकाको पशुपतिनाथ बाहिनीमा तत्काल परिचालन गर्नेगरी ३ प्लाटुन जनशक्ति तयारी अवस्थामा राखिएको छ । सबै बाहिनीबाट ५० वटा टोली हाल विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेभि इक्युमेन्टहरु, डिजास्टर रिलिफ सिष्टम कन्टेनर र मास क्याज्यूल्टी भेहिकल समेत तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । बाढी, पहिरो, डुवानका घटनाहरूलाई लक्षित गरी सबै बाहिनी मुख्यालयहरूले मनसुनजन्य विपद् प्रतिकार्य पूर्वअभ्यास सञ्चालन गरेका थिए । सशस्त्रले जोखिमयुक्त ठाउँहरूमा विपद् सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply