कञ्चनपुरमा निर्माणाधिन हुलाकी राजमार्ग दैजी–बेलडाँडी खण्ड ः सडक निर्माण चरम ढिलाई

२३ जेठ धनगढी
कञ्चनपुरमा निर्माणाधिन हुलाकी राजमार्ग सडक खण्ड विस्तारमा ढिलाई भएपनि सडकमा पर्ने पुल निर्माण कार्य तिव्र अघि बढाईएको छ ।

जिल्लाका पुरै सडक विस्तारमा चरम ढिलाई भएपनि हुलाकी राजमार्गको दोस्रो खण्ड अन्तरगत बेलौरी नगरपालिका ८ कलकत्ता सुतिया खोला र तेस्रो खण्ड दैजी–बेलडाँडी अन्तरगत विच जंगलको नालामा पुल निर्माण कार्य अघि बढेको हो ।

हुलाकी राजमार्ग अन्र्तरगत पुलको काम तिव्र रुपमा अघि बढेपनि दोस्रो र तेस्रो खण्ड सडक निर्माणमा ठेकेदार कम्पनीबाट चरम लार्पबाही हुँदा सडक भन्दा पुल पहिल्यै बनिसक्ने अवस्था आएको छ ।

तीन बर्षको सक्नुपर्ने सडक सात बर्ष वितिसक्दा पनि सडक बनेको छैन । पुल निर्माण कार्य पुरा भईसक्छ, तर सडक अधुरै हुने अवस्था सृजना भएको छ । ठेकेदार कम्पनीले अनेकन बहानाबाजी गरेर सडक बनाउन सकेको छैन । पुल र सडक निर्माण कम्पनी अलग अलग हुन । पुल निर्माण कम्पनीले धमाधम काम अघि बढाईरहेका बेला सडक निर्माण कम्पनीद्वयले ढिलाई मात्रै होईन लार्पबाही गरेका छन ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीका सुचना अधिकारी समेत रहेका ईन्जिनियर बर्ख बहादुर कठायतले कञ्चनपुरमा विस्तार भईरहेको हुलाकी राजमार्गमा दुई पुलको काम तिव्र गतिमा अघि बढिरहेको बताए । सुचना अधिकारी कठायतले जंगल र कलकत्ता खोलामा निर्माण हुने पुलको काम अघि बढेको बताए ।

उनका अनुसार निरज जंगलको नालामा भौनेली सिरियाज जेभीले ३करोड, २७ लाख, ७६ हजार बराबर बजेटमा ४ चैत्र ०८०देखि शुरु भएर ३१ असार ०८१मा पुल निर्माण जम्मा पाएको छ । २७मिटर लामो ११ मिटर चौडाईको पुल निर्माण गर्नुपर्ने छ । हालउक्त पुलको प्रगति ५० प्रतिशत भएको छ ।

यस्तै कलकत्ताको सुनिया नालामा मालिका निर्माण सेवाले १७ बैशाख ०८०देखि ३१ असार ०८१सम्म निर्माणको जिम्मा पाएको कम्पनीले हालसम्म ८०प्रतिशत काम सम्पन्न गरिसकेको छ । उक्त पुल निर्माणका लागि ३करोड, १३ लाख, ६९ हजारमा ठेक्का पाएको छ ।

निकुञ्जको जंगलमा बम बहादुर बम, जिवन सिह र कलकत्ताको सुतिया नालामा बसन्त साउद, रघुबिर सिह साउद सहितका निर्माण व्यवसायीले एक बर्षमै निर्माण गरिसक्नुपर्ने पुलको काम तिव्र बनाएपछि काँग्रेस डडेल्धुराका सभापति एव पुर्व जोगबुढा नगरपालिका मेयर भीम साउद नेतृत्वको कम्पनीले तीन बर्षमा सक्नुपर्ने काम ७बर्षसम्म पनि सडक निर्माण गर्न नसकेपछि जनता ठेकेदार बिरुद्धमा आक्र्रोसित भएका छन ।

कञ्चनपुरमा ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ७४ महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ ।

०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन । कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थप्याको थप्याई छ । तर, काम भने पुरा गरेको छैन ।

डोकेबजारदेखि बेलौरी सम्म पहिलो खण्ड ०–२० र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्ड ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएका थिए । हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीविच १ फागुन ०७३ देखि भदौँ ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो ।

तर, सम्झौता अनुरुप काम भएन । सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक ३० चैत्र ०७६ सम्म म्याद थपियो, उक्त अवधिमा समेत नसक्दा दोस्रो पटक ४ साउन ७७, तेस्रो पटक २ माघ ०७७, चौथो पटक ३० चैत्र ०७८ मा थपिएको थियो । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाचौँ पटक म्याद थपका लागि फाईल पेश गरेको छ । पहिलो सडकमा ८० र तेस्रो खण्डमा ७५ प्रतिशत मात्रै प्रगति भएको छ ।

दोस्रो खण्डको बाबाहंस सिद्धिकीशाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपको तयारीमा छ । २० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना लगाएको छ । बाबाहंस सिद्धिकीशाही र हुलाकी राजमार्ग आयोजना विच १२ फागुन ०७३ देखि २६ भदौँ ०७६ मा निर्माण कार्य सक्ने सम्झौता भएको थियो ।

तर, सम्झौता भएको चार पटक म्याद थप हुँदा समेत उक्त निर्माण कम्पनीले काम गर्न सकेको छैन । सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक ७७ बैशाख १२, दोस्रो पटक ७ मंसिर ०७७, तेस्रो पटक ७ जेठ ०७८, चौथो पटक १ माघ ०७८ सम्म म्याद थप भएको थियो । चार पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपका लागि निर्माण कम्पनीले आयोजना कार्यालयमा फाईल पेश गरेको उक्त सडक खण्डको प्रगति ७५ प्रतिशत रहेको बुझिन्छ ।

कुल ६२ किलोमिटर सडक निर्माण हुनुपर्नेमा हालसम्म ५५ प्रतिशत मात्रै प्रगति भएको पाईन्छ । गत असारमा चार चार पटक म्याद थप गर्दा समेत समयमै काम गर्न सकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले निर्माण कम्पनी बिरुद्धमा सुचना नै प्रकासित गरेपनि शक्ति केन्द्र नजिक रहेका ठेकेदार भएकाले आयोजना कार्यालय निरही भएको छ ।

शर्मा राजेन्द्र जेभीका संचालक भीम साउद नेपाली काँग्रेस डडेल्धुरामा जिल्ला सभापति एव परशुरामनगरका निर्वतमान मेयर र बाबाहंस सिद्धिकीशाहीका संचालक दिपेन्द्र ब. शाही डोल्पा काँग्रेस सभापति भएकाले म्याद थप्ने तर, काम नगर्ने प्रवृति हावि भएको छ ।

कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन।

सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन । हिउँद, गर्मीमा धुलाम्मे र बर्षातमा हिलाम्मे सडकले यात्रुको जोखिमपुर्ण यात्रा मात्रै नभई स्वास्थ्यमा गम्भिर असर परिरहेको छ ।

छेउछाउका सडक पनि हुलाम्मेले बोटबिरुवा समेत सेताम्मे भएका छन । हुलाकी सडक छेउमै घर भएका बेलडाँडी गाँउपालिका १ सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लार्पर्बाहीका कारण ठेकेदार कम्पनीले वेवास्ता गरेका कारण सडक समयमै बन्न नसकेको बताए । ‘सरकारले ठेकेदारलाई ताकेता गरेन, ‘उनले भने, ‘ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।’ हुलाकी सडकमा चरम ढिलासूती भएकै कारण सडक धुलाम्मे, हिलाम्मे हुँदा हिडडुल गर्न समस्या भएको बताए ।

हुलाकी सडक छेउमै घर भएका बेलौरी नगरपालिका ९ रतनपुरका प्रमानन्द जोशीले दुरगामी योजना नहुँदा बर्षातका बेला डुवान, धुलाम्य र सुख्यायाममा धुलाम्मे स्थानीयलाई समस्या भईरहेको बताए ।

समयमै सडक निर्माण नहुँदा सडक छेउछाउका बिरुवा, घर सेताम्मे भएका छन, उनले भने, ‘सडक छेउका घरमा घुलाम्मे भएका छन, ‘हामीहरुको स्वास्थ्यमा समेत असर परिरहेको छ, ठेकेदार कम्पनीले कहिले काम गर्दछन, कहिले गदैनन ।’ सडक निर्माणसंगै पानी निकासका लागि ढल निर्माण हुनुपर्ने बताए । उनले ढल निर्माणसंगै हुलाकी सडक दर्ताजमिन धनीलाई समेत सरकारले मुआब्जा दिनुपर्नेमा

जोडदिए । निर्माण कम्पनीले सम्झौता गरेको ७४ महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रीदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै छ ।

दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेकोछ । बाबाहंससिद्धिकीका संचालक चक्र शाहीले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाई भईरहेको बताउदै आएका छन् । भारतीय पक्षले सो क्षेत्रको १२सय मिटरमा मात्रै काम अवरोध गरेपनि बाँकी १८ किलोमिटरमा अवरोध नभएपनि सो निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको छ ।

हुलाकी सडक समयमै निर्माणका लागि दक्षिणी क्षेत्रका मन्त्री,संसद, पुर्व संसद,जनप्रतिनिधी अधिकाँस राजनीतिक दल, स्थानीयले ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई घचघच्याउँदा समेत चरण ढिलासुस्ती भईहरेको छ ।

६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीका सुचना अधिकारी बर्ख बहादुर कठायतले दुवै निर्माण कम्पनीलाई अधुरो काम गर्न पटक पटक ताकेता गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply