नरेन्द्र मोदी भारतमा तेस्रो पटक प्रधानमन्त्री हुने तयारीमा

२४ जेठ धनगढी
नरेन्द्र मोदी भारतमा तेस्रो पटक प्रधानमन्त्री हुने तयारीमा छन्।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनका दलहरूको सहयोगमा मोदी प्रधानमन्त्री बन्न लागेका हुन्।

मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्‍द्रबाबु नायडू प्रमुख रहेको तेलगु देसम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति नै गरिसकेका छन्।

उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमै थिए।

भाजपाले एक्लै बहुमत (२७२) सिट नजितेकोले एनडिएका दलहरूको सहयोगमा मोदीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन्। लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको थियो।

मोदीलाई प्रधानमन्त्रीमा १२ सिट जितेको जनता दल (युनाइटेड) र १६ सिट जितेको तेलगु देसम पार्टी (टिडिपी) ले समर्थन गरेको छ। भाजपा, जनता दल (युनाइटेड) र टिडिपीको समर्थनले मात्र मोदीलाई प्रधानमन्त्री बन्न बहुमत पुग्दैन। एनडिए भित्रकै थप दलको साथ पनि मोदीले लिन खोजेका छन्।

प्रधानमन्त्रीमा दाबी गरेर मोदीले आइतबार नै शपथ लिन खोजेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) का नेता मोदीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्।

यसअघि शनिबार नै उनले प्रधानमन्त्रीको शपथसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका थिए। तर अहिले उक्त कार्यक्रम सारिएको छ।

सरकार गठनका लागि एनडिएका दलहरूबीच छलफल भइरहेको छ। भारतीय जनता पार्टीका नेताहरू अमित शाह र राजनाथ सिंह पार्टी अध्यक्ष जेपी नड्डाको घरमा छन्। भाजपाका सांसदहरू र मुख्यमन्त्रीहरूलाई छलफल गर्न नयाँ दिल्लीमा बोलाइएको छ। उनीहरूसँग शुक्रबार बिहान साढे १० बजे छलफल गर्ने तयारी छ।

मोदीले बुधबार नै राष्ट्रपति द्रौपदी मुर्मुलाई पदबाट राजीनामा बुझाएका थिए। राजीनामा स्वीकृत गरेर राष्ट्रपतिले शनिबारसम्म मोदीलाई नै कामचलाउ प्रधानमन्त्री जिम्मेवारी तोकेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply