उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

२५ जेठ धनगढी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ । जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

२०७५ असार ३२ गतेको मन्त्रीपरिषद् बैठकले तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा २४ सदस्यीय उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको थियो ।

उक्त आयोगले ५ महिना ७ दिन समय लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई संगठित गरी २०७५ माघ १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको थियो ।

कुल ४९९ पृष्ठ रहेको उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट शिक्षा मन्त्रालयमा हालैमात्र प्राप्त भएको थियो।

बिहीबार शिक्षामन्त्री श्रेष्ठले आयोजना गरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका अध्यक्ष, तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल, आयोगका १६ सदस्यको उपस्थितिमा भएको छलफलमा प्रतिवेदनलाई मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्न सुझाव दिएका थिए ।

प्रतिवेदन सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले प्रतिवेदनका सकारात्मक र सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने बताइन् ।

‘प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नुभएको हो । उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरू कार्यान्वयनमा लैजानेछ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply