म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न ६ पालिकामा शनिबार ११ घन्टासम्म विद्युत अवरुद्ध हुने

२६ जेठ धनगढी
म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न ६ पालिकामा शनिबार ११ घन्टासम्म विद्युत अवरुद्ध हुने भएको छ।

विद्युत प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार म्याग्दी वितरण केन्द्रको सिंग्मा तातोपानी फिडर, बेनी फिडर, रत्नेचौर फिडर र दाना फिडर अन्तर्गतका क्षेत्रहरूमा आज बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

ती क्षेत्रमा विद्युत मर्मत गर्नका लागि विद्युत सट डाउनमा राख्नुपर्ने भएकाले ११ घन्टासम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

बेनी फिडर अन्तर्गत बेनी नगरपालिकाको वडा नम्बर २,७ र ८, जलजला गाउँपालिकाका वडा नम्बरा २ र ३ मा विद्युत सेवा अवरूद्ध हुनेछ।

रत्नेचौर फिडर अन्तर्गत बेनी नगरपालिकाको वडा नम्बर १ र २, जलजला गाउँपालिकाको वडा नम्बर ७ र ८ मा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै दाना फिडर अन्तर्गत रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकाको वडा नम्बर ९ र १० तथा जलजल गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ का क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

ती क्षेत्रहरूमा अगाडि नै काम सकिएर निर्धारित समयअगावै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply