दैलेखमा १३ वटा खच्चर कर्णाली नदी माथिको झोलुंगे पुलमा फसेका छन्

२७ जेठ धनगढी
दैलेखमा १३ वटा खच्चर कर्णाली नदी माथिको झोलुंगे पुलमा फसेका छन्।

दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको जालीबाट खुट्टा छिर्दा १३ वटा खच्चर दुई घन्टादेखि फसेका छन्।

आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जालीमा खच्चर फसेको आठबिस नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर माझीले बताए।

स्थानीय दीलबहादुर थापाका अनुसार पुलको हिँडने भाग एकातर्फ झुकेको छ। उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेको उनले बताए।

‘पुलको जाली फुस्किएर खच्चरहरू छिरेका छन्, उद्दार गर्न पनि त्यति सम्भव देखिँदैन,’ थापाले भने, ‘खच्चरहरू रक्ताम्य भइसके, उद्दार गरे पनि कतिपय खच्चर मर्छन होला, उद्दार गर्न नसकिए सबै मर्छन्।’

दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहालका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ। जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गएको उनले जानकारी दिए।

आसपासका प्रहरीचौकी र अछामबाट पनि प्रहरी घटनास्थलमा पुगेको वडाध्यक्ष माझीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply