प्रधानमन्त्री दाहाल र भारतीय मन्त्री जयशंकरबीच भेटवार्ता

२८ जेठ धनगढी
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका नवनियुक्त संघीय मन्त्री* एस जयशंकरसँग शिष्टाचार भेट गरेका छन्।

सोमबार होटल ताजमा उनीहरूबीच शिष्टाचार भेट भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको हो।

सो अवसरमा प्रधानमन्त्री दाहालले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशंकरलाई बधाई तथा शुभकामना दिएका थिए।

प्रधानमन्त्री दाहालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए।

यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटेका थिए।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली गएका थिए।

प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने कार्यक्रम छ।

*यसअघि अन्यथा भएकोले सच्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply