यू-१९ सुदूरपश्चिम छनाैट: कञ्चनपुरले बझाङलाई हरायो

२८ जेठ धनगढी
वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा समूह बी काे तेस्रो खेलमा कञ्चनपुर विजयी भएकाे छ । आज सम्पन्न खेलमा कञ्चनपुरले बझाङलाई ४ विकेटले हरायाे । बझाङले दिएकाे १११ रनकाे लक्ष्य कञ्चनपुरले २४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा प्रकाश पाण्डेयले अर्धसतकीय पारी खेल्दै ५९ रनकाे याेगदान गरे । म्यान अफ द म्याच समेत भएका प्रकाशले ६३ बलकाे सामना गर्दै ९ चाैका र १ छक्काकाे मद्दतमा ५९ रन जाेडेका हुन् । बझाङका राेशन खातीले ४ विकेट हात पारे । यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेकाे बझाङ २५ ओभरमा ११० रनमा समेटियो ।उसका राेशन खातीले अविजित ४३ रन बनाएपनि अरूले खासै प्रदर्शन गर्न सकेनन् । कञ्चनपुरका कप्तान हेमन्त धामी र अभिषेश थापाले ३/३ विकेट लिए । याे जितसंगै प्रतियोगितामा सुखद नतिजा निकालेकाे कञ्चनपुरले २ अंक जाेडेकाे छ। बझाङ भने दाेस्राे हारसंगै बाहिरिएको छ । प्रतियोगिता अन्तरगत भाेलि कञ्चनपुर र अछाम भिड्ने स्काेरर लाेकेश जाेशीले जानकारी दिनुभयो । समूह बी बाट शिर्ष स्थानमा पुग्ने टाेली फाइनलमा बैतडीसंग भिड्नेछ । समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेकाे छ । जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे । सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे । दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहराले बताउनुभयो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीका अनुसार प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply