मन्त्री पातलद्वारा भण्डारीको सालिकमा माल्र्यापण

२९ जेठ धनगढी
सुदूरपश्चिम प्रदेशका एक मन्त्रीले तत्तकालिन एमाले महासचिव मदन भण्डारीको सालिकमा माल्र्यापण गरेका छन ।

सोमबार मात्रै बिना विभागिय मन्त्रीमा नियुक्त भएका बीर बहादुर थापा(पातल)ले एमाले तत्तकालिन एमाले महासचिव मदन भण्डारीको सालिकमा माल्र्यापण गरेका हुन ।

नेकपा एमाले कञ्चनपुरका युवा नेता राधाकृष्ण जोशी(ज्वाला)ले मंगलबार बिहानै मदन भण्डारीको सालिकमा माल्र्यापण गरेको बताए । ‘एमाले पाटी कार्यालय र मदन चोकमा रहेको मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन, ‘उनले भने, ‘यसका साथै नेता कार्यकर्ताहरुसंग भेटघाट पनि गरेका छन ।’

पाटी कार्यालयमा भेटघाटका क्रममा नेताहरुले बधाई तथा शुभकामना दिएका छन । कञ्चनपुर निर्वाचन क्षेत्र १(क) बाट निर्वाचित प्रदेश सभा सदस्य पातल मन्त्रीमा नियुक्त भएसंगै दिएको जिम्मेबारी निर्भिकतामा साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

जेलनेलदेखि खुला राजनीतिक संघर्ष गरेका पातल अहिले मन्त्रिको जिम्मेबारीमा पुगेका छन । मन्त्री पातल शिक्षकदेखि मन्त्रीको जिम्मेबारीमा पुगेपछि उनलाई शुभचिन्तकहरुले बधाईको ओईरो दिईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply