यू–१९ सुदूरपश्चिम छनौटः कैलालीले बझाङलाई हरायो

३० जेठ धनगढी
वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह बी को पाचौं खेलमा कैलाली विजयी भएको छ । कैलालीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बझाङलाई १०४ रनले हरायो । यसअघि पहिलो खेलमा कैलालीले अछामलाई पराजित गरेको थियो । कैलालीले दिएको २१४ रनको लक्ष्य पछ्याएको बझाङ २५.३ ओभरमा १०९ रनमा समेटियो । उसका हिमाल दौल्यालले सर्वाधिक १९ रन बनाए । कैलालीका नरेन साउँदले ४ विकेट लिए । यसअघि परशुराम रंगशालामा पहिला ब्याटिङ गरेको कैलाली ३५ ओभरमा २१३ रनमा समेटियो । जसमा नरेन साउँद र कृष साउदले अर्धशतक बनाए । नरेनले ७१ र कृषले ५१ रनको योगदान गरे । अलराउन्ड प्रदर्शन गर्दै टोलीलाई जिताउने कैलालीका नरेन साउद म्यान अफ द म्याच चुनिए । यो दोस्रो जितसंगै कैलालीको ४ अंक जोड्दै फाइनल नजिक पुगेको छ । बिहीबार हुने कञ्चनपुरसंगको खेल जिते कैलाली फाइनल पुग्नेछ । अन्यथा कञ्चनपुर फाइनल खेल्ने स्कोरर लोकेश जोशीले जानकारी दिए । समूह बी बाट शिर्ष स्थानमा पुग्ने टोली फाइनलमा बैतडीसंग भिड्नेछ । समूह ए बाट बैतडी शत प्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेको छ ।

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिए । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो । दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बतए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीका अनुसार प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply