गर्मी बढेसँगै फेरि दाङका विद्यालयले गर्मी बिदा दिए

३० जेठ धनगढी
गर्मी बढेसँगै फेरि दाङका विद्यालयले गर्मी बिदा दिएका छन्।

दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकाले बिहीबारबाट लागू हुने गरी फेरि दुई दिन विद्यालयमा बिदा दिएका हुन्। विद्यालय आइतबारदेखि सञ्चालन हुने छन्।

यी दुई उपमहानगरका शिक्षा महाशाखाका प्रमुखहरूले सार्वजनिक सूचना निकाल्दै गर्मी बिदा दिइएको बताएका छन्। मध्य जेठमा पनि दाङका अधिकांश पालिकाहरूले गर्मी बिदा दिएका थिए।

बुधबार (आज) तुलसीपुर-११ स्थित अमर माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना बालबालिका गर्मीका कारण एकै साथ बेहोस भएको प्रधानाध्यापक पदम वलीले बताए।

आज जिल्लाको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ। मंगलबार दाङमा ४० दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो।

मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराहीकी प्रमुख श्रीया रिजालका अनुसार यसअघि जेठ १५ गते पनि दाङको तापक्रम ४० दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो।

उनका अनुसार यो १२ वर्ष यताकै अधिकतम तापक्रम हो।

त्यस्तै, जिल्लाको न्यूनतम तापक्रम पनि हालसम्मकै उच्च मापन भएको छ। मंगलबार बिहान न्यूनतम तापक्रम २७ दशमलव ५ डिग्री सेल्सियस माथि मापन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply