त्रिशुली नदीमा बेपत्ता भएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार

३१ जेठ धनगढी
त्रिशुली नदीमा बेपत्ता भएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बिहीबार दिउँसो चितवन इच्छाकामना गाउँपालिका-४ स्थित त्रिशुली नदीमा एक जना पुरूष बेपत्ता भएको भन्ने खबर पाएको थियो।

उक्त खबरपछि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोरसहित १० जनाको टोली परिचालन भएको थियो।

गोताखोरको टोलीले उनलाई नदी किनारको पहरोमा अड्किएको अवस्थामा फेला पारी उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

ती पुरूष सप्तरीको खडक गाउँपालिका-८ घर भई हाल कुरिनटारस्थित बियर फ्याक्ट्रीमा काम गर्ने ५६ वर्षीय बन्धुलाइ चौधरी रहेका छन्। उनको उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

उनी माछा मार्ने क्रममा चिप्लिएर नदीमा बगेको बताइएको छ। उनको हात र खुट्टामा चोट लागेको छ।

बिहीबार नै धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भारतीय नागरिक सोनालाल दासको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन सुरक्षा बेश आदमघाटबाट टोली खटिएको छ।

त्यस्तै पोखरा महानगरपालिका-१७ बिरौटा स्थित रातो पहिरोमा जेठ २६ गते देखि सम्पर्कबिहीन भएका धनबहादुर आलेको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको फौज परिचालन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply