कास्की र सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

असार १ धनगढी
कास्की र सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका-९ प्रदर्शनी केन्द्रस्थित सडकमा ग.१ क ५३२० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका-३२ खोला छेउ बस्ने २९ वर्षीय सागर तिवारीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सप्तरीको कंचनरूप नगरपालिका-१ बरमझियास्थित सडकमा काकरभिट्टाबाट वीरगन्जतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ४१४१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ बैरवा बस्ने २७ वर्षीय उमेश मुखियाको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply