बैतडीमा टी–१० भेट्रान क्रिकेटः सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो

असार १ धनगढी
बैतडीमा जारी टी–१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको छ । पहिलो क्वाटरफाइनल खेलमा कैलपाल क्रिकेट क्लबमाथि १०९ रनको सानदार जित दर्ता गर्दै आयोजक टिम निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी सेमिफाइनलमा सुरक्षित भएको छ । दोस्रो खेलमा नागार्जुन युवा क्लबलाई हराउदै जगन्नाथ भेलेलिङ सेमिफाइनलमा पुग्यो । तेस्रो खेलमा निङलाशैनी वारियरले कुमारी बैंकलाई स्तब्ध पार्दै अन्तिम चारमा पुग्यो । अन्तिम तथा चौथो खेलमा भुमिराज क्रिकेट क्लबलाई पराजित गर्दै पाटन क्रिकेट क्लब पनि सेमिफाइनलमा

सुरक्षित भएको छ । आइतबार सेमिफाइनलका खेलहरू हुने स्कोरर भास्कर बोहराले जानकारी दिए । पहिलो सेमिफाइनलमा आयोजक र जगन्नाथ भिड्दा दोस्रोमा निङलाशैनी र पाटन आमनेसामने हुनेछन् । निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजनामा सुरू भएको प्रतियोगितामा ११ टोलीको सहभागीता रहको र ४ समूहमा विभाजन

गरि खेल सञ्चालन भइरहेका आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले बताए । प्रतियोगिताको विजेता र उपविजेता टोलीले खसी, ट्रफी र प्रमाणपत्र पाउने आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव रोशन बोहराले बताए । यस्तै म्यान अफ द सिरिजलाई २.५ कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५ कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ । यसका साथै म्यान अफ दी म्याच, ह्याट्रिक, शतक, सर्वाधिक चौका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

सहभागी टोलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका छन् । २५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियोगिताका

सहसंरक्षक चक्र बोहराले बताए । प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply