सीता सामुदायिक वन उपभोक्ता समुहको भवन शिलान्यास

वर्षा सुनार
कञ्चनपुर :  कृष्णपुर नगरपालिका वडा न.९ स्थित सीता सामुदायिक वन उपभोक्ता समुहको भवन बुधबार एक कार्यक्रमका साथ शिलान्यास गरिएको छ ।

सिता सामुदायिक वन उभोक्ता समुहका अध्यक्ष पुनाराम चौधरीबाट सो भवनको शिलान्यास गरिएको हो ।
सो कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नं ९ वडा अध्यक्ष कैलाश बलायरकाे सहभागितामा सिता सामुदायिक वन उभोक्ता समुहकी उपाध्यक्ष सुमन भुल कोषाअध्यक्ष पुजा चौधरी सचिब निर्मला शाही कृष्णपुर नगरपालिका ९ निवर्तमान वडा अध्यक्ष तथा सीता सामुदायिक वन उपभोक्ता समुहका प्रमुख सल्लाहकार छत्रबहादुर महरा लेखा समिति सदस्य पबित्रा चौधरी कार्य समिति सदस्य उपसमिति सदस्य समाजसेवी ,बुद्धिजीवी ,भल्मन्सा,जनप्रतिनिधि, पत्रकार लगाएत सम्पूर्ण को उपस्थिति भएको थियो ।

यस कार्यक्रममा बाक्लो सहभागिता रहेको थियो । एउटा ठुलो हल १ वटा कोठा गरी ३ कोठे भवन र शौचालय निर्माण भए पछि समूहको भेला,तालिम,गोष्ठी, लगायतका कामहरु गर्न सहज हुने सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले जानकारी गराए । सीता सामुदायिक वन उपभोक्ता समुहको भवन आफ्नै लगानीमा बन्ने सिता सामुदायिक वन उभोक्ता समुहका अध्यक्ष पुनाराम चौधरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply