नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीको जिल्ला कार्यसमिति बिस्तार

असार ६ धनगढी
नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीको जिल्ला कार्यसमिति बिस्तार गरिएको छ । आज सदरमुकाममा सम्पन्न जिल्ला भेलाबाट जिल्ला कार्यसमिति बिस्तार गरिएको नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष पुष्कर धानुकले जानकारी दिनुभयो । जिल्ला भेलाबाट २५ सदस्यीय कार्यसमिति बिस्तार गरेको हो । अध्यक्ष धानुक रहेको कार्यसमिति उपाध्यक्षमा ललिता चन्द,महेशराज जोशी,सचिवमा प्रेमबहादुर चन्द,सहसचिवमा उमेशराज भट्ट,कोषाध्यक्षमा घनश्यामसिंह धामी र अन्य सदस्यहरू रहेका छन् । भेलाले केहिदिनपछि जिल्लाका १० वटै पालिकामा समिति बिस्तार गर्ने र कार्यसमिति सदस्य धिरज चन्दलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष पुष्कर धानुकको अध्यक्षतामा सम्पन्न जिल्ला भेलामा प्रदेश समिति सदस्य टेक राज जोशी,नेपाली कांग्रेस बैतडीका पूर्व सभापति नरेन्द्रसिंह थापा, जिल्ला सदस्य महेन्द्र कार्की, तरुण दलका कार्यवहाक अध्यक्ष महेशदत्त भट्ट, नेबिसंघ बैतडीका अध्यक्ष दीपेन्द्र ढुंगाललगायतको उपस्थिति रहेको थियो ।

धानुकलाई यसअघि हालै मात्रै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले मनोनित पत्र हस्तान्तरण गरेर अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । करातेका राष्ट्रिय खेलाडी समेत रहेका धानुकले जिल्लामा खेलकुद क्षेत्रलाई चलायमान बनाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply